१४ बैशाख २०८१, शुक्रबार

देउवाले भने– अब ‘मलाई शेरबहादुर देउवा मनपर्छ’ भन्ने भिडियो आउँदैन

sher1628164340

प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवालयलाई ‘भाइबर ग्रुप’बाट सार्वजनिक हुँदै आएका भिडियोहरु बन्द गर्न निर्देशन दिएका छन् ।

निजी निवास बुढानिलकण्ठमा शुक्रबार जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले सचिवालयले ‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने…’ शीर्षकमा जारी गर्दै आएको भिडियो श्रृङ्खला बन्द गर्न निर्देशन दिइसकेको बताएका हुन् ।

देउवा सचिवालयबाट उक्त भिडियो सार्वजनिक भएपछि देउवाको आलोचना भएको थियो । पार्टी भित्रै भिडियोको विरोध भएको थियो ।

केन्द्रीय सदस्य धनराज गुरुङले भिडियोबारे प्रश्न गरेपछि देउवाले भने, “त्यो भिडियो बन्द गर्न मैले निर्देशन दिइसकेँ, अब आउँदैन, तपाईं ढुक्क हुनुस् ।”