१६ चैत्र २०८०, शुक्रबार

बालुवाटारमा प्रदर्शन गर्न पुगेका झण्डै डेढ सय शिक्षक पक्राउ

teacher andolan

प्रधानमन्त्री निवास बालुवाटारअघि प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प

प्रहरीले प्रदर्शनमा पुगेका करिब डेढ सय शिक्षकलाई नियन्त्रणमा लिएको हो । महासंघले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने, शिक्षण पेशालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामूहिक रुपमा बढुवा गराइनुपर्ने, द्वन्द्व पीडित शिक्षकहरुको समस्या समाधान गरिनुपर्नेलगायतका मागसहित प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले विद्यालय कर्मचारीलाई संघीय सरकारले तलव, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्च मावि र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनुपर्ने लगायतका विभिन्न मागहरु राख्दै गत वैशाखदेखि आन्दोलन गर्दै आएको छ ।