१४ बैशाख २०८१, शुक्रबार

उडुस, मुसा र साङ्ला मार्न ठेकेदार खोज्दै शिक्षण अस्पताल

tuth

त्रिभुवन शिक्षण अस्पतालमा मुसा र साङ्लाको संख्या प्रकोपकै रुपमा बढेपछि अस्पतालले यसको नियन्त्रणका लागि ठेकेदारको खोजी गर्दै टेन्डर नै आह्वान गरेको छ ।

मुसा, साङ्ला, उडुस, उपियाँ मार्न मासिक कति रकम लिने हो खुलाइ गोप्य सिलबन्दी पेस गर्न अस्पतालले टेन्डर आह्वान गरेको हो ।

अस्पतालका विभिन्न विभाग, शाखा, वार्ड, ओपिडी र युनिट लगायत अस्पताल परिसरभित्रका अन्य स्थानहरुमा समेत मुसा, साङ्ला, उडुस, उपियाँ मार्न सम्बन्धित विषयमा इजाजत प्राप्त आवश्यक कागजातहरूको पनि अस्पतालले माग गरेको छ ।

गर्मी मौसम सुरु भएसँगै मुसा, उडुस र साङ्लाले सताएको अस्पताल प्रशासनले बताएको छ ।

tender