१३ बैशाख २०८१, बिहीबार

आज पनि कांग्रेस केन्द्रीय समिति बैठक, महाधिवेशनबारे छलफल

congress meating

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार बस्दैछ। बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठक १४औं महाधिवेशनका विषयमा केन्द्रित रहनेछ।

यसअघि बिहीबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन, महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका र रमेश लेखकले क्रियाशील सदस्यता छानविन प्रतिवेदन छलफलका लागि पेश गरेका थिए।

हिजोको बैठकले निर्वाचन निर्देशिकामाथि छलफलपछि महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने तयारी गरेको थियो ।

बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले घोषित महाधिवेशनको मितिलाई सार्ने तयारी गरेको हो । मिति सार्न शीर्ष नेतृत्व सहमत भए पनि कहिले गर्नेगरी कुन मितिलाई सार्ने भन्ने विषयमा भने सहमति जुटेको छैन ।