१२ बैशाख २०८१, बुधबार

बहुल राष्ट्रिय राज्यका आधारमा शासन पद्धति र संविधान निर्माण हुनपर्छ: महतो

rajendra mahato nepal
फाइल फोटो

जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यका आधारमा शासन पद्धति र संविधान निर्माण हुनुपर्ने बताएका छन ।

बिहीवार काठमाडौंमा जसपा निकट युवाहरुको भेलामा महतोले बहुल राष्ट्रिय राज्य स्थापित नभएसम्म जनताको अधिकार स्थापित हुन नसक्ने बताएका हुन ।

एकल राष्ट्रिय राज्यको चिन्तन र सोचका कारण समस्या भएको र उत्पीडित जनताले अधिकार पाउन नसकेको महतोको तर्क छ । हुलराष्ट्रिय राज्य स्थापना गर्न युवाहरुको महत्वपुर्ण भूमिका रहने उनको भनाई थियो ।