१५ बैशाख २०८१, शनिबार

कुलप्रसाद केसीलाई लुम्बिनीको मुख्यमन्त्री बनाउन गठबन्धनले बुझायो ४२ सांसद्को हस्ताक्षर

Lumbini 1 1

लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चर दलीय गठबन्धनले ४२ जना सांसद्ले हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बुझाएका छन् ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई ४२ जना सांसद्को समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका हुन् ।

गठबन्धनमा हृदयेश त्रिपाठी समूहमा रहेका अजय शाहीसमेत सामेल भएका छन् । उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।

लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट केसीको पक्षमा स्पष्ट बहुमत देखिएको छ । त्यसैले प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

अल्पमतमा परेपछि एमाले नेता शंकर पोखरेलले बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रबीच ८–८ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।