१५ बैशाख २०८१, शनिबार

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन विरूद्धकाे रिटमा अन्तरिम दिन अस्वीकार

suprem court

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध परेको रिटमा अन्तरीम आदेश दिन अस्वीकार गरेकाे छ । साथै साे मुद्दामा संवैधानिक इजलासमा पठाउने आदेश भएकाे सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालले बताउनु भयाे । साथै साे मुद्दामा  कारण देखाऊ आदेश भएकाे उहाँले बताउनु भयाे । 

बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्राईको एकल इजलासले लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिएको हो ।