८ बैशाख २०८१, शनिबार

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

Shankar Pokharel
फाइल फोटो

लुम्विनी प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री शंकर पोखरेलले संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।

त्यसैगरी अर्को मन्त्रिपरिषद गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई नै कार्यभार तोक्नुभएको प्रदेश प्रमुखको कार्यालयबाट बुधवार जारी सूचनामा जनाइएको छ ।

त्यसैगरी लुम्विनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले नेपालको संविधानको धारा १६० को उपधारा ४ को खण्ड क बमोजिम मुख्यमन्त्रीमार्फत प्रदेश प्रमुखलाई राजीनामा बुझाउनु भएको छ ।