१३ बैशाख २०८१, बिहीबार

चितवनको निषेधाज्ञामा थप कडाइ : खाद्यान्न पसलहरु बिहान १० बजेसम्म मात्र खुल्ने

cdo chitwan

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न चितवनमा जारी गरिएको निषेधाज्ञालाई थप कडाइ गरिएको छ ।

आज बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञामा थप कडाइ गरिएको जनाएको हो ।

प्रशासनका अनुसार औषधि, अक्सिजन सिलिण्ड तथा स्वास्थय सामग्री सम्बन्धी पसल, एग्रोभेट, बीउबिजन, रासायनिक मल र भेटेनरी औषधि पसल पूर्णरुपमा सञ्चालन गर्न पाइने छ ।

यस्तै खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा/मासु, अण्डा, चल्ला, दाना, खाना पकाउने ग्याँस सम्बन्धी पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।

236410471 868305194123670 959914828639998732 n 1