११ बैशाख २०८१, मंगलवार

सरकारले आज मुलुकको पछिल्लो आर्थिक अवस्था समेटिएको यथार्थपत्र सार्वजनिक गर्दै

Janardan Sharma Artha mantr 2
फाइल फोटो

सरकारले आज मुलुकको पछिल्लो आर्थिक अवस्था समेटिएको यथार्थपत्र सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा यथार्थपत्र सार्वजनिक गर्न लाग्नुभएको हो ।

प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दै छ । बैठकमा अर्थमन्त्रीले यथार्थपत्र सार्वजनिक गर्ने गरी समय माग गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले यथार्थपत्र सार्वजनिक गर्नका लागि अर्थमन्त्रीले समय माग गर्नुभएको बताउनुभयो ।

अर्थमन्त्री शर्माले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभाव तथा सरकारले चाल्नुपर्ने कदमका बारेमा जानकारी दिने उद्देश्यले यथार्थपत्र ल्याउन लागेको यसअघि नै घोषणा गरिसक्नुभएको छ । उहाँले कोही कसैलाई आरोपित गर्नेभन्दा पनि मुलुकको अर्थतन्त्रको अवस्थाका बारेमा देश र जनतालाई जानकारी दिनु सरकारको दायित्व रहेको बताउँदै आउनुभएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेपछि पहिलो पटक श्वेतपत्र नभनीकन यथार्थपत्र सार्वजनिक गर्न लागिएको हो ।