१४ बैशाख २०८१, शुक्रबार

कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइयाे : पौडेल

ramchandra
फाइल फोटो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस भिख माग्ने बनाएको भन्दै आक्रोश पोखेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत् नेता पौडेलले नेतृत्वकै कारण अहिलेको अवस्था सिर्जना भएको दुखेसो पोखेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई असफलतातिर लगेको आरोपसमेत पौडेलले लगाएका छन् ।

पौडेलले देउवाकै काराण अहिले पार्टी निर्वाचन आयोगसँग भिख माग्नुपर्ने अवस्थामा पुगेको आरोप लगाएका छन् ।

“पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थित भनेर एक वर्ष थपियो । देशको संविधानलाई समेत ६ महिना बढाइयो,” पौडेलले भने,“आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएको छ ।”

त्यस्तै, पौडेले प्रधानमन्त्री देउवाप्रति इंगित गर्दै असफल व्यक्तिहरु नै बारम्बार सत्ता सम्हाल्न पुग्ने गरेको आरोप लगाएका छन् । उनले भने,“यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।”

ramchandra