५ जेष्ठ २०८१, शनिबार

मेसीले भावुक हुँदै भने- ‘म बार्सिलोना छाड्न तयार थिइँन’

messi4

पूर्वकप्तान लियोनेल मेसीले आफू यसका लागि तयार नभएको बताएका छन् । बार्सिलानोबाट बिदा हुने निश्चित भएका क्लबका कप्तान मेसीले क्लबबाट बिदा हुने निश्चित भएपछि आफैँले आयोजना गरेको पत्रकार सम्मेलनलाई भावुक हुँदै यस्तो बताएका हुन । कार्यक्रमा सम्बोधन गरेका मेसीले यो एकदमै कठिन क्षण भएको पनि बताए ।

‘यो एकदमै कठिन छ, म यो परिस्थितिका लागि तयार थिइँन,’ उनले भने, ‘गत वर्ष म क्लब छोड्नका लागि तयार थिएँ । तर, यो वर्ष मेरो परिवार र म बार्सिलोनामै आफ्नो बसाइ लम्ब्याउने योजनामा थियौं ।’

‘आज मैले ‘गुड-बाई’ भन्नुपर्छ, म यहाँ १३ वर्षको हुँदा आइपुगेको थिएँ,’ उनले भने, ‘र, २१ वर्षपछि आज मेरी श्रीमती र छोराछोरीसँग बिदा हुँदैछु ।’ उनले आफु कहाँ जाने भन्ने निश्चित नभएको बताए ।

क्लबको आर्थिक समस्याका कारण बार्सिलोना छाड्नु पर्ने बाध्यतामा पुगेका उनले पत्रकार सम्मेलनमा अबको यात्रा निश्चित भइनसकेको बताएका हुन ।

Messi press meet 1