८ जेष्ठ २०८१, मंगलवार

नेपालमा थप २,५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको निधन

corona insurance

नेपालमा आइतबार थप २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ३३ पिसिआर परिक्षणका क्रममा २ हजार १ सय ३७ र ३ हजार ३ सय ४५ एन्टीजेन परिक्षणका क्रममा ४११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ३५५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५५ जनाको निधन भएको छ । यो संगै नेपालमा कोरोनाका कारण १० हजार ९३ जनाले ज्यान गुमाएका छन् । थप दुई हजार २९ संक्रमित कोरोनामुक्त हुदा हालसम्म नेपालमा ६ लाख ६९ हजार २९९ संक्रमित निको भएका छन् । हाल ३५ हजार ४८५ सक्रिय संक्रमित आइशोलेशन र ४७५ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३६ लाख ८३ हजार ७३४ पिसिआर र ३ लाख ५७ हजार ५९५ वटा एन्टीजेन गरिएको मन्त्रालयले जनाएको छ ।