२७ बैशाख २०८१, बिहीबार

सुकुम्बासीलाई जग्गा बाढ्न सम्भव छैन : गौतम

Bamdev Gautam 1
फाइल फोटो

नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले सुकुम्बासीलाई जग्गा वितरण गर्न सम्भव नभएको बताएका छन् । उनले आज राष्ट्रियसभामा बोल्दै यस्तो बताएका हुन् ।

उनले २०५१ सालदेखि सुकुम्बासीलाई जग्गा वितरण गर्न थालेपनि अहिलेसम्म यो समस्या जिउको तिउ रहेको बताए । उनले यो अवैज्ञानिक र अव्यवहारिक भएको कारण यो समस्या भएको बताए । गौतमले यो समस्या समाधान गर्न सरकारले सबै जग्गा चलन चल्तीको मूल्यमा खरिद गरेर राष्ट्रिय करण गर्ने र सबै नागरिकको बाँस, गाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थापन गर्नुपर्ने बताए ।

उनले अहिले सरकारले प्रतिव्यक्ति क्षेत्र अनुसार जग्गा दिने भनिए जसरी जग्गा वितरण गर्न जग्गा नभएको पनि बताए । गौतमले यो अवैज्ञानिक र अव्यहारिक प्रणालीलाई खारेज गरेर व्यक्तिको सम्पतिलाई राष्ट्रियकरण गरेर ठूला ठूला उद्योग र कलकारखाना स्थापना गर्दै सबैलाई रोजगारि दिने गरि सरकार अगाडि बढ्नु पर्ने बताए ।