१२ बैशाख २०८१, बुधबार

मुकेश अम्बानीलाई जिते अलिबाबाका ज्याक माले, बने एशियाका सबैभन्दा धनी

Mukesh Ambani

भारतीय उद्योगपति तथा रिलायन्स इण्डस्ट्रिजका मालिक मुकेश अम्बानी अब एसियाका सबैभन्दा धनी व्यक्तिको दोस्रो नम्बरमा खस्किएका छन् । 

मुकेश अम्बानीको नामबाट एशियाका सबैभन्दा धनी व्यक्तिको ताज छिनेको छ । अब एशियाका सबैभन्दा धनी व्यत्ति, चिनियाँ व्यवसायी अलिबाबा ग्रुप होल्डिङ्सका संस्थापक ज्याक बनेका छन् ।

विश्वमा देखिएको आर्थिक संकट र तेलमा आएको गिरावटका साथसाथै भारतमा देखिएको आर्थिक संकटका कारण मुकेशको यो पद छिनिएको हो । उनको सम्पत्ति सोमबार मात्र ५.८ अर्ब डलर घटेको बताइएको छ ।

ब्लुमबर्ग बिलिनियर इण्डेक्सका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएपछि अम्बानीको रिलायन्स इण्डस्ट्री पनि खस्किएको हो । यही कारण अम्बानी दोस्रो स्थानमा पुगेका छन् । 

कोरोना भाइरसका कारण अलिबाबाले पनि केही मुश्किल सामना गर्नुपरेको थियो तर पछिल्लो समय क्लाउड कम्प्युटिङ्ग र मोबाइल एप्समा माग बढेका कारण कम्पनीको प्रदर्शन राम्रो देखिएको हो । एशियाका सबैभन्दा धनी ज्याक माको सम्पत्ति चाहिँ ४४.५ अर्ब डलर रहको छ । यो मुकेशको सम्पत्तिभन्दा २.६ अर्ब डलर बढी हो ।