७ बैशाख २०८१, शुक्रबार

बेलायतकी स्वास्थ्य मन्त्री कोरोना भाइरसबाट संक्रमित

r0 0 800 600 w1200 h678 fmax

विश्वभर फैलिएर कोरोना भाइरसको संक्रमण बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसद नादिन डोरिसलाई पनि लागेको छ ।

बेलायतमा कोरोना भाइरसका कारण हालसम्म ६ जनाको मृत्यु भएको छ भने संक्रमितहरुको संख्या ३८३ पुगेको छ । त्यस्तै बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीज पनि कोरोना भाइरसबाट संक्रमित भएकी छिन् ।

बिबिसी मिडियाका अनुसार डोरिस कोरोना भाइरसद्वारा संक्रमित हुने पहिलो सांसद हुन् । उनी अहिले घरमै सेल्फ आइसोलेशनमा बसेको बताइएको छ । कोरोना भाइरसबाट संक्रमित भएपछि उनी हाल आइसोलेशनमा रहेर उपचार गराइरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

बेलायती सरकारले आम मानिसलाई उच्च सतर्कता अपनाउन बारम्बार आग्रह गर्दै आइरहेको छ । तर, संक्रमण फैलिन रोकिएको छैन । पछिल्लो पटक ८० वर्षका एक वृद्धको मृत्यु भएको थियो । उनको स्वास्थ्यमा यसअघि पनि विभिन्न समस्या देखिएका थिए । सरकारले आम मानिसलाई धैर्य रहन आग्रह गरेको छ ।