१५ चैत्र २०८०, बिहीबार

गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

State Minister Gokul Baskota

पूर्वमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट भएको छ । मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान बम विस्फोट भएको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बम विस्फोटबाट बाँस्कोटाको बन्दै गरेको घरको पर्खाल भत्किनुकासाथै झ्यालका सिसाहरु फुटेका छन् । बम विस्फोट कसले गराएको भन्ने पत्ता नलागेको र अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ। बाँस्कोटा भने बालकोटमा रहेको प्रधानमन्त्री ओलीको घरमा बस्दै आएका छन् ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री रहेका बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकरणमा घुसका लागि बार्गेनिङ गरेको अडियो बाहिरिएपछि मन्त्री पदबाट राजीनामा दिएका थिए ।