७ जेष्ठ २०८१, सोमबार

कोरोनाको तेस्रो लहर आउने भन्दै प्रधानमन्त्री देउवाद्वारा सचेत रहन अपील

Sher Bahadur Deuba Nepal PM 1
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमणको तेस्रो लहर आउने संकेत देखिएको भन्दै सचेत रहन सबैलाई अपील गर्नुभएको छ ।

भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले कोरोनाबाट जोगिन सरकारको प्रयासले मात्रै सम्भव नभएकाले सचेत रहन र स्वास्थ्य मापदण्ड पालना गर्न नागरिकलाई अपील गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले खोप लगाउने काम चलिरहेको र सबैको साझा प्रयासमा कोरोना नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभएको छ ।

सबै राजनीतिक दल र निजी क्षेत्रलाई भीडभाड हुने काम नगर्न पनि प्रधानमन्त्रीले अपील गर्नुभएको छ ।