१५ चैत्र २०८०, बिहीबार

द भ्वाइस अफ नेपाल सिजन ३ को फाइनल आज हुँदै

the voice

द भ्वाइस अफ नेपाल सिजन ३ को फाइनल आज हुँदैछ ।

आज बेलुका ८ बजेपछि हिमालय टेलिभिजनमा फाइनल शुरु हुनेछ । गत साता भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभा ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए ।

टिम प्रमोदबाट किरण गजमेर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ, टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर र टीम तृष्णाबाट ज्वाला राई फाइनल पुगेका छन् ।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा आज उपाधि छिनोफानो हुँदै छ । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीले भोट गरिरहेका छन् । प्रभु पेमार्फत् गरिने अनलाइन भोटिङमा फ्रि भोट गर्ने सुविधासमेत छ ।

आजको एपिसोडमा चारै जना प्रतिभाले आफ्ना प्रस्तुति दिनेछन् । आज ग्राण्ड फिनालेमार्फत् यी चारजनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि प्राप्त गर्नेछन् ।

विजेताले नगद २५ लाख पुरस्कार र वर्ल्ड टूरको प्याकेज पाउनेछन ।