४ बैशाख २०८१, मंगलवार

चौतर्फी विरोधका बीच महत्वपूर्ण प्राकृतिक सम्पदा निजी क्षेत्रलाई ठेक्का

devid falls

चौतर्फी विरोधका बीच पोखरा महानगरपालिकाले ४० वर्षका लागि महत्वपूर्ण प्राकृतिक सम्पदा निजी क्षेत्रलाई ठेक्का दिएको छ ।

पोखराको सेती नदी र पाताले छाँगो निजी कम्पनीलाई दिइएको हो । महानगर र ठेकेदार कम्पनी सेती क्यानोनबीच प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अब प्रदेश र संघ सरकारबाट स्वीकृति पायो भने आयोजना कार्यान्वयन हुनेछ ।

पोखरा महानगरपालिकाले ‘सेती खोँच पर्यटन पूर्वाधार विकास आयोजना’ र ‘पाताले छाँगो सीसा पूल निर्माण तथा अन्य पूर्वाधार विकास आयोजना’ सञ्चालनका लागि निजी कम्पनीलाई जिम्मा दिएको छ ।

निजी कम्पनी सेती क्यानोनकालाई दुई आयोजना ४० वर्षका लागि महानगरले सुम्पेको हो । पर्यटनकीय गन्तब्यको रुपमा विकास गर्ने लक्ष्यका साथ महानगले सार्वजनिक निजी साझेधारी कार्यक्रम अन्तर्गत आयोजना अगाडी बढाउन लागेको हो । प्रदेश र संघ सरकारबाट स्वीकृति पायो भने आयोजना कार्यान्वयनमा अघि बढ्छ ।

पोखराको सेती नदी क्षेत्र र डेभिड फल्स भनिने पाताले छाँगो वरपरको जमिन जोखिमयुक्त छ । यसअघिका रिपोर्टहरुमा सेती र पाताले छाँगो नजिक संरचना बनाउनसमेत बन्देज लगाइएको छ ।

सामान्य संरचना बनाउँदासमेत जोखिम हुने क्षेत्रमा ठूला भवन निर्माण गर्दा सुरक्षित नहुने विज्ञहरु बताउँछन् । सेती वरपर हिन्दू, बौद्धलगायत धर्मालम्बीको आस्थासमेत जोडिएकाले संस्कृतिमाथिको आक्रमण भएको विज्ञको तर्क छ ।

सन् १९९८ को प्रतिवेदनले पोखरामा सेती नदीको नदीपुरदेखि रातो पैह्रोसम्मको ठाउँलाई ‘रेड जोन’मा पारेको थियो । महानगरले गाईघाटदेखि दोबिल्लासम्मको साढे ८ किलोमिटर क्षेत्र र पाताले छाँगोदेखि फेवा ड्यामसम्मको डेढ किलोमिटर क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता गरेको हो ।

जुन क्षेत्र अधिक जोखिम मध्यको क्षेत्र हो । जनस्तरबाट पनि आयोजनाको विरुद्धमा आवाज उठेको छ । पर्यटकिय क्षेत्रको रुपमा विकास भन्दा पनि प्राकृतिक सम्पदा दोहन गर्ने उदेश्यले एउटै कम्पनीलाई ४० वर्षसम्म ठेक्का दिइएको उनिहरुको आरोप छ ।

सम्झौता अनुसार २ वर्षभित्र डिपिआर बनाउने र त्यसपछिको ५ वर्षमा पूर्वाधार निर्माण गरिसक्ने योजना छ । सेती खोंचमा पूर्वाधार बनाउन डेढ अर्ब लगानी गर्ने योजना छ भने पाताले छाँगोमा ५० करोडभन्दा बढी लगानी हुनेछ ।

‘सम्झौता गरेर डिपिआर र इआइए गर्नु भनेर प्रक्रिया अघि बढाएको भन्दै महानगरले अध्यन नहुदै विरोध गर्नु जाहेज नहुने बताउछ । महानगरले रामघाट, मरे खहरे पनि ठेक्कामा दिएको छ । फेवातालको सिल्ट्रेसन ड्याम निर्माण र उपभोगका लागि जेठमै २४ वर्षका लागि ठेक्का लगाइएको छ ।

    सम्बन्धित समाचार...