२३ बैशाख २०८१, आईतवार

कोरोना संक्रमणबाट थप १९ जनाको निधन, ३२१८ जना संक्रमित थपिए

60f7fc3acce91 fdrd

नेपालमा पछिल्लो पटक ३२ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमणबाट १९ जनाको निधनभएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा २२ सय ३१ र एन्टिजेनबाट ९ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो। काठमाडौं उपत्यकामा ९ सय १० जना संक्रमित थपिएका छन् ।

ति मध्ये काठमाडौंमा ५ सय ९३, ललितपुरमा १ सय ८९ र भक्तपुरमा १ सय २८ जना छन् । उपत्यका बाहिर कास्कीमा २ सय २५, चितवनमा १ सय ५०, झापामा ९१, सुर्खेतमा ८९, बागलुङमा ८७ र सुनसरीमा ८२ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ। पछिल्लो पटक १७ सय २२ जना संक्रमण मुक्त भएका छन ।

सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ पुगेको छ । पछिल्लो पटक थप एक लाख ९१ हजार तीन सय ३९ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।