५ जेष्ठ २०८१, शनिबार

मन्त्री छैनन्, सचिवले कामै पाएनन्

office of prime minister and council of nepal ghatana

पूर्ववर्ती सरकारका निर्णय उल्टाउन र खारेज गर्न व्यस्त रहेको सरकारले १७ वटा मन्त्रालयमा नयाँ मन्त्री ल्याउन सकेको छैन भने पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ ।

नीतिगत तहमा समेत महत्वपूर्ण भूमिका खेल्ने र प्रशासनिक नेतृत्वमा रहने पाँच जना सचिवले लामो समयदेखि कुनै जिम्मेवारी पाउन नसक्दा उनीहरूमा निराशा छाएको छ ।

प्रधानमन्त्री देउवाले २९ असारदेखि नै १७ वटा मन्त्रालयको जिम्मेवारी आफै सम्हाल्दै आइरहेका छन् । तीमध्ये केही मन्त्रालयमा सचिवसमेत छैनन् । मन्त्री र सचिव दुवै नहुँदा मन्त्रालयका महत्वपूर्ण कार्य रोकिँदै आएका छन् ।

सरकारले बढुवा भएका सचिवलाई समयमा नै पदस्थापन गर्न नसक्दा पाँच जना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेर हाजिर गर्न र दिन बिताउन विवश छन् । लामो समय कामविहीन हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिवमा कृष्णहरि पुष्कर, खगेन्द्र नेपाल, रामप्रसाद घिमिरे र किरणराज शर्मा र हरि मैनाली रहेका छन् ।