२५ बैशाख २०८१, मंगलवार

तिन हजार सात सय २९ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको निधन

60f7fc3acce91 fdrd

नेपालमा शुक्रबार थप ३ हजार ७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ४ सय ९३ पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ३० र ६ हजार १ सय ८२ एन्टीजेन परिक्षणका क्रममा १ हजार २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७७ हजार ५८९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २५ जनाको निधन भएको छ । हालसम्म नेपालमा १० हजार १९ जनाको कोरोनाका कारण निधन भएको छ ।

त्यस्तै थप १८८५ संक्रमित कोरोनामुक्त हुदा हालसम्म नेपालमा ६ लाख ६५ हजार ५४८ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा ३४ हजार ९४२ सक्रिय संक्रमित आइशोलेशनमा र ३५६ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३६ लाख ६५ हजार ८३५ वटा पिसिआर र ३ लाख ४९ हजार ५४३ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।