७ जेष्ठ २०८१, सोमबार

खोप नलगाइ कार्यालय जाँदा सिएनएनका कर्मचारीको जागिर गयो

cnn

अमेरिकी टेलिभिजन च्यानल सिएनएनले कोरोना भाइरस विरूद्धको खोप नलगाइ कार्यालय पुगेका तीन जना कर्मचारीलाई सेवाबाट वर्खास्त गरेको छ ।

कम्पनीका अध्यक्ष जेफ जुकरले अरू कर्मचारीलाई पनि कार्यालयमा आउन खोप अनिवार्य लगाउनु पर्ने चेतावनी दिएका छन् । सेवाबाट वर्खास्त गरिएका कर्मचारीको नाम भने गोप्य राखिएको छ ।

सिएनएनले कोरोना खोप नलगाउनेविरूद्ध शुन्य सहनशीलताको नीति लिएको जुकरको भनाइ छ । ससएनएनका धेरैजसो कार्यालयहरू स्वेच्छिक रूपमा आउने कर्मचारीहरूका लागि खुलिसकेका छन् । एटलान्टा, वासिङ्टन, लस एन्जलसमा भएका कार्यालयमा मास्क अनिवार्य गरिएको छ ।

यसअघि सिएनएनले सेप्टेम्बरदेखि सबै कर्मचारी अफिस आउने योजना बनाएको थियो । पछिल्लो समय कोरोना भाइरसको संक्रमण फेरि बढेपछि सिएनएनको योजना पछि धकेलिएको थियो ।

अमेरिकामा कोरोना विरूद्धको खोप सर्वसुलभ भए पनि मानिसहरूले खोप लगाउन मानिरहेका छैनन् । राष्ट्रपति जो बाइडेनले खोप लगाउनेलाई एक सय डलरका दरले रकम दिन भनेका छन् । एजेन्सी

    सम्बन्धित समाचार...