७ बैशाख २०८१, शुक्रबार

महाकालीमा बेपत्ता जयसिंह धामीको घटनाबारे छानबिन गर्न गएको टोलीविरुद्ध नाराबाजी

darchula

महाकालीमा बेपत्ता भएका जयसिंह धामी को घटनाबारे छानबिन गर्न गस्कु मालघाट पुगेको टोलीविरुद्ध स्थानीय र नेकपा विप्लव समूहले नाराबाजी गरेका छन् ।

भारतको बाटो भएर घटनास्थल पुगेको भन्दै करिब ३० जनाको समूहले महाकाली नदी किनारबाट नाराबाजी गरेको अखिल क्रान्तिकारी विद्यार्थी युनियन दार्चुलाका अध्यक्ष भुवन जोशीले बताए ।

Gasku 768x576 1

भारतीय पक्षले घटना लुकाउने प्रयास गरिरहेका बेला नेपाली छानबिन टोली भारतको बाटो भएर गएको भन्दै नाराबाजी गरिएको उनले बताए । ‘नेपाल र नेपालीको सुरक्षा गर्न नसक्ने सरकार राजीनामा दे, नेपाल र नेपाली माथिको हिंसा बन्द गर’ लगायतका नारा लगाएको अध्यक्ष जोशीले बताए ।

व्याँस गाउँपालिका–२ का मालका ३३ वर्षीय जयसिंह धामी साउन १५ गते सदरमुकाम आउने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए ।