७ बैशाख २०८१, शुक्रबार

प्रमोद खरेलको ‘आशा’ सार्वजनीक (भिडियोसहित)

Untitled 1

पछिल्लो समय गीत रेकर्डिङ भएसंगै म्यूजीक भिडियो बनाउने क्रम नि बढेको छ ।

हात हातमा मोबाईल र युट्युबको पहुच संगै गीतहरु पहिले जस्तो अडियोमा मात्र नरुचाइने हुँदैं गएपछी हाल भिडियोको प्रस्तुतीलाई आधार मानेर गीतको पहुँच निर्धारण पनि गर्ने गरिएको छ । अझ त्यसमाथी गीताले युट्युबमा पाएको भ्युजले उक्त गीतको लोकप्रियता निर्धारणा गर्ने गर्छ ।

यसै समय चर्चित गायक प्रमोद खरेलले आफ्नै युटुयब च्यानल मार्फत “आशा” बोलको भिडियो सार्वजनिक गरेका छन् । गायक खरेलले स्वयम्ंले अभिनय गरेको भिडियोमा नव कलाकार इश्न्या थापाले अभिनयमा साथ दिएकी छिन ।

मनोजले निर्देशन गरेको गीतलाई अर्नुन तिवारी एण्ड टिमले पोष्ट प्रोडक्शन गरेका छन् ।

पछिल्लो समय नेपालकै चर्चित रियालिटि कार्यक्रम “द भ्वाइस अफ नेपाल” को निर्णायक रहेका खरेल एक व्यस्त कलाकार हुन । गीतको भिडियोमा प्रमोद र स्न्यहाको आवाज छ भने शब्द संगीत पनि प्रमोदलेनै दिएका छन्।

अन्य लय भन्दा फरक लयमा प्रस्तुत गरिएको यस गीतमा निकै मेहेनत गरेको र आम मानिसले रुचाउने निर्माण पक्षको आशा छ ।

धेरै समयको अन्तरालमा आफ्नै युटुब च्यानलमा ल्याइएको गीतले दर्शक र श्रोतको मन जित्ने अपेक्षा रहेको खरेलको भनाइ छ ।

हेर्नुस् भिडियो