१४ बैशाख २०८१, शुक्रबार

तिन हजार ३ सय ८३ जनामा सङ्क्रमण पुष्टि, २४ जनाको निधन

corona insurance

नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ३ सय ८३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २४ जनाको निधन भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ६ सय ३८ आरटी पिसिआर र ६ हजार ८० एन्टिजेन गरी कुल १६ हजार ७ सय १८ जनामा परीक्षण गरिएकोमा ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ८६ जना र भेन्टिलेटरमा १ सय ६२ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार मंगलबार देशभरबाट १ हजार ९ सय ९४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ६० हजार १ सय १६ पुगेको छ । निको हुने दर ९४ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २४ जनाको संक्रमणबाट निधन भएको भएको छ । योसँगै हालसम्म निधन हुनेको संख्या ९ हजार ९ सय २२ पुगेको छ ।