१९ बैशाख २०८१, बुधबार

बागलुङमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दै

baglung district court scaled

बागलुङमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दै गएको छ । जिल्ला अदालत बागलुङले सार्वजनिक गरेको तथ्याङ्कमा कुल दर्ता मुद्दाको झण्डै आधा जति सम्बन्ध विच्छेदका छन् ।

जिल्ला अदालत बागलुङमा गत आर्थिक वर्षमा ३ सय ९६ मुद्दा दर्ता भएकोमा १ सय ७० वटा सम्बन्ध विच्छेदका छन् ।

जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपानेले पछिल्लो समय ससानो कुरामै सम्बन्ध विच्छेद हुने गरेको पाइएको बताउनुभयो ।

जिल्ला अदालत बागलुङमा १ सय ३३ मुद्दा मिलापत्र भएका छन । अघिल्लो आर्थिक वर्षमा सम्बन्ध विच्छेदका ७२ मुद्दा जिम्मेवारी सरेर आएकोमा गत आर्थिक वर्षमा ५८ मुद्दा फर्छ्यौट भएको छ ।