७ बैशाख २०८१, शुक्रबार

एक हप्ता थपियो काठमाडौँ उपत्यकामा निषेधाज्ञा

lockdown 11

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक सम्पन्न भएको छ । बैठकले जारी निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

कोरोनाको संक्रमणदर पछिल्लो समय बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीको टोली र सूरक्षा निकायले जनस्वास्थ्य मापदण्ड पालना भएको वा नभएको बारेमा प्रभावकारी रुपमा अनुगमन गर्ने निर्णय भएको छ ।

जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने र अटेर गर्नेलाई कानुनी दायरामा ल्याइने समेत उहाँले बताउनुभयो । भिडभाडजन्य गतिविधि नरोकिए अझ कडाईका साथ अघि बढ्ने प्रजिअ निरौलाले बताउनुभयो ।

जारी निषेधाज्ञामा भिडभाड रोक्न स्थानीय निकायको सहभागीतामा प्रचार प्रसार र जनचेतनाको कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि लैजाने निर्णय भएको उहाँले बताउनुभयो ।

साथै कोरोनाको परीक्षण दायरा बढाउने विषयमा समेत बैठकमा निर्णय भएको छ । साथै यस्तै अवस्थामा संक्रमणको दर बढ्दै गएमा निषेधाज्ञा नियमलाई फेरबदल आगामी दिनमा गर्ने विषयमा छलफल भएको समेत प्रजिअ निरौलाले बताउनुभयो ।

छिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बुधवार राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।