१६ बैशाख २०८१, आईतवार

विद्युत प्राधिकरणमा कुलमानलाई ल्याउने तयारी

Kulman Ghising Nepal Electricity Authority MD

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ ।

पछिल्लो समय विद्युत आपुर्तिमा समस्या भएको भन्दै सरकारले कुलमानलाई फेरि प्राधिकरणमा ल्याउने तयारी गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका हुन् ।

बालुवाटारमा मंगलबार उर्जा मन्त्री पम्फा भुसाललाई बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन पनि सुझाएकी छन् ।