१६ बैशाख २०८१, आईतवार

विवरणसहित: निर्वाचन आयोगद्वारा ५० हजार जरिवाना तोक्दै ४१ वटा राजनीतिक दलको दर्ता खारेज

Election Commission Nepal

निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ । मंगलबार बसेको आयोगको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो ।

प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ र त्यसलाई सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाएको उनले बताए ।

जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने प्रवक्ता श्रेष्ठको भनाई छ ।

आयोगले दर्ता खारेज भएका दलका केन्द्रीय पदाधिकारी, सदस्यहरुको नामसहितको विवरण पनि सार्वजनिक गरेको छ ।

हेर्नुस् विवरण :

party 1
party