
नेकपा एमाले माधव नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले एकताभाड्ने अभिव्यक्ति नदिन नेताहरुको ध्यानाकर्षण गराएको छ ।
सोमबार काठमाडौंमा बसेको सो पक्षको बैठकले एकताका लागि प्रयास जारी रहेका बेला एकताभाड्ने अभिव्यक्ति नदिन नेताहरुको ध्यानकर्षण गराएको हो । बैठकपछि एमाले नेता रघुजी पन्तले सार्वजनिक अभिव्यक्ति दिदा शव्द चयनमा ध्यान दिन ध्यानाकर्षण गराएको बताए ।
बैठकमा एकताका लागि छलफलमा जुटेका नेताहरुले अहिलेसम्मको छलफलको अवस्थाका बारेमा जानकारी गराएको उनले बताए । नेता पन्तले अव छिटै एमाले अध्यक्ष केपीओली र बरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता हुने जानकारी दिए । उनले एमालेलाई एकतावद्ध गर्न अधिकतम प्रयास भइरहको बताए ।
गएको जेठ २७ गते दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरेपनि एमालेको एकता कायम हुन सकेको छैन । यसबीचमा दुवै पक्षका नेताहरुले आन्तरिक छलफललाई भने निरन्रता दिएका छन् ।