१३ बैशाख २०८१, बिहीबार

चितवनमा ‘नो एमसीसी’ भन्दै विरोध प्रदर्शन

mcc

चितवनको भरतपुर महानगरपालिकामा मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता खारेज माग गर्दै विरोध प्रर्दशन गरेको छ । संयुक्त संघर्ष समिति चितवनले सोमबार एमसीसी सम्झौता गर भन्दै विरोध प्रर्दशन गरेका हुन् ।

उनीहरुले एमसीसी देशका लागि राष्ट्रघाती हुने र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने भन्दै प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय र विरेन्द्र बहुमुखी क्याम्पसबाट सुरु गरिएको विरोध प्रदर्शन भरतपुरको चौबिसकोटीमा डेढ घण्टा चक्का जाम गरी टुगांइएको थियो ।

प्रदर्शनमा एमसीसी सम्झौता किन राष्ट्रघाती भन्दै विभिन्न कारणहरु भन्दै विभिन्न अभियान्तहरुले मन्तव्य राखेका थिए । अमेरिकी सैन्य केन्द्रीय मुकाम पेन्टागनको योजना अनुसार अनुसार नेपालमा जे पनि गर्न सक्ने भएकाले, नेपालमा उत्पादन गरिएको बिजुली अन्य देशमा बेच्ने भएकाले र अमेरिकी सरकारले चाहेमा जुनसुकै बेला पनि यो सम्झौता रद्द गर्न सक्ने लगायतका कारणहरु बारे उनीहरुले मन्तव्य दिएका थिए ।

त्यस्तै ‘नो एमसीसी’ लेखिएका पम्पप्लेटहरु लिएर प्रदर्शनकारीहरु सडकमा बसेका थिए ।