१४ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री वली एमालेमै फिर्ता

Bimala oli

लुम्बिनी प्रदेश सभाकी सांसद विमलाकुमारी खत्री वलीले आफू नेकपा एमालेमा रहेको भन्दै प्रेस विज्ञप्ति निकाल्नुभएको छ ।

गत वैशाखमा रोजेको दल नेकपा माओवादी केन्द्रले वलीको हस्ताक्षरसहित नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखलाई समावेदन बुझाएको केहीबेरमा वलीको प्रेस विज्ञप्ति सार्वजनिक भएको हो ।

दाङ क्षेत्र नम्बर ३ (क) बाट उपनिर्वाचनमा निर्वाचित वलीले गत वैशाखमा आफुले राजी खुसी माओवादी केन्द्र रोजेको भन्दै पत्रकार सम्मेलन गर्नुभएको थियो ।

नेकपा पार्टीको नाम र सुर्य चिन्हबाट चुनाव लडेकी विमलाले एमाले र माओवादी केन्द्र अलग भएपछि वैशाखमा माओवादी केन्द्र रोज्नुभएको थियो ।