
सांसद पद खारेज भएका लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्री सर्वोच्च अदालत जाने भएका छन् ।
लुम्बिनी प्रदेशसभाले जसपाका तीन मन्त्रीलाई शुक्रबार सांसद पद खारेज भएको सूचना प्रकाशित गरेको थियो । सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेय आफ्नो पद यथावत हुनुपर्ने जिकिर गर्दै सर्वोच्च अदालत जाने तयारीमा जुटेका हुन् ।
मन्त्री सन्तोष पाण्डेयले यसअघि गरिएको कारबाहीको मुद्धा सर्वोच्चमा विचाराधीन रहँदारहँदै फेरि प्रदेशसभाले पद खारेज भएको भन्दै सूचना निकाल्नु कानुनविपरीत भएको भन्दै आफुहरु सर्वोच्च जाने तयारीमा रहेको बताएका छन् ।