२५ बैशाख २०८१, मंगलवार

लुम्बिनी प्रदेशकी सांसद बिमला वली सम्पर्कबिहीन

Bimala oli

सरकार ढाल्ने र जोगाउने कसरत चलिरहेकै बेला लुम्बिनी प्रदेशकी सांसद बिमला कुमारी खत्री (वली) सम्पर्कबिहीन भएकी छन् ।

माओवादी केन्द्रले सांसद वली आफूहरुको सम्पर्कबाहिर रहेको दाबी गरेको छ । वली बिहीबार साँझदेखि सम्पर्कमा नरहेको रहेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले जानकारी दिए। उनले निरन्तरत फोन गरे पनि वली सम्पर्कमा नआएको बताए । परिवारले सांसद वली तुलसीपुरबाट आफन्तकहाँ नेपालगन्ज गएको बताएको छ । तर, उनको मोबाइलको लोकेसन भने रुपन्देहीको बुटवलस्थित नयागाउँ आसपासमा देखिएको सचेतक घर्तीले बताएका छन् ।

उनी दाङ ३ (ख) की सांसद हुन् । एमालेबाट निर्वाचित पति उत्तरकुमार वलीको मृत्यु भएपछि उनी उपनिर्वाचनमार्फत चुनिएकी हुन् ।