
अर्घाखाँची जिल्लामा साउन १६ गते राति १२ बजेदेखि लागू हुनेगरी पूर्ण रुपमा निषेधाज्ञा हुने भएको छ । जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्ण रुपमा निषेधाज्ञा हुन लागेको हो ।
जिल्लामा अत्यावश्यकबाहेक यातायात, बैंक तथा वित्तीय संस्थालगायत सबै क्षेत्र पूर्ण रुपमा बन्द हुनेछन् । अत्यावश्यकका पसल विहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुल्ने जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।
जिल्लामा हाल पाँच सय १९ जना सक्रिय संक्रमित रहेका छन् । ७२ जना कोराना संक्रमणबाट मृत्यु भइसकेका छन् ।