१४ बैशाख २०८१, शुक्रबार

चितवनमा २४ गतेसम्म थपियो निषेधाज्ञा, एउटा कोठामा २५ जना मात्रै परीक्षार्थी राख्न पाईने

narayanghat bharatpur

चितवनमा जारी निषेधाज्ञा १० दिन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले निषेधाज्ञा १० दिन थप गरेको हो ।

पछिल्लो निषेधाज्ञा आज राति १२ बजे सकिदैँछ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको बताईएको छ ।

प्रशासनले कक्षा ११ तथा १२ लगायत निर्धारित अन्य परीक्षा संचालन गर्दा एउटा कोठामा २५ जना भन्दा बढी राख्न नपाईने र एउटा बेन्चमा एक जना मात्रै विद्यार्थी राखेर परीक्षा संचालन गर्नुपर्ने बताईएको छ ।

भौतिक दुरी कायम गरी परीक्षा व्यवस्था गर्नुपर्ने प्रशासनले आदेश गरेको छ । त्यस्तै चितवनबाट छुट्ने मध्यम तथा लामो दुरीका सार्वजनिक सवारी साधनको हकमा जोरबिजोर तरिकाले चल्न पाउने व्यवस्था गरिएको छ ।

संचालनको लागि सम्बन्धित यातायात व्यवसायी संघको सिफारिस एवं ट्राफिक प्रहरी कार्यालयको समन्वय हुनुपर्ने प्रशासनले आदेश दिएको छ ।

226572733 859855071635349 8046710352188632298 n 1
227002074 859855028302020 5580453672674870868 n