१४ बैशाख २०८१, शुक्रबार

आज अन्तर्राष्ट्रिय बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै

tiger banke national park

आज अन्तर्राष्ट्रिय बाघ दिवस, बाघ संरक्षणको अभियानमा नेपालले हासिल गरेको उपलब्धी विश्वका लागि उदाहरणीय बनेको छ ।

नेपाल सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक पुगेको छ । सन् २०१८ मा नेपालमा पाटे बाघको सङ्ख्या २ सय ३५ वटा थियो । यो सङ्ख्या मात्र वयस्क बाघको हो । नेपालको प्रतिबद्धताअनुसार सन् २०२२ भित्र नेपालले २५० बाघको सङ्ख्या पुर्‍याउनु पर्नेछ ।

हालको सङ्ख्यामा १५ वटा मात्र बाघ थपिए पनि प्रतिबद्धता पूरा गर्ने देश सहजै बन्नेछ । गणनाका लागि क्यामरा ट्र्यापिङ गर्दा प्रशस्त बाघका डमरु देखिएको तर सबैको गणना नभएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । त्यस अवधिमा देखिएका र सन् २०२१ भित्र थपिने सङ्ख्याले नेपालले लक्ष्य सहजै भेट्ने छ । यसअघि सन् २०१० मा नेपालसँग १२१ वटा बाघ थिए ।

सन् २०१३ को गणनामा १९८ वटा बाघ पुगेको थियो । बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले बाघ संरक्षण गरिरहेको छ । बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिइएको छ ।

दिवसको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।