७ बैशाख २०८१, शुक्रबार

पुनर्बहालीको माग गर्दै माओवादीबाट एमाले प्रवेश गरेका चार नेता सर्वोच्चमा

four uml

नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै आज सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र बनेपछि चारैजना माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।

त्यसपछि माओवादी केन्द्रले कारबाही गरेपछि पदमुक्त गरिएको थियो । सांसद पदबाट मुक्त भएको तीन महिनापछि पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।