१३ बैशाख २०८१, बिहीबार

दैलेख सरकारी कार्यालयका अनलाइन हुदैनन अपडेट

dtco dailekh

कार्यलयका हरेक गतिविधिहरुलाई आफ्नो कार्यलयको अनलाइनबाट नागरिकलाई सुचना दिनको लागि तयार पारिएका अनलाईनहरु प्रयोग विहिन भएका छन् । प्रत्यक सरकारी कार्यलयमा आ–आफ्नै अनलाइ छन् त्यस्ता अनलाइनहरुबाट आम नागरिलाई सुचना प्रदान गर्नेपर्ने सरकारी मान्यता छ । आफुले गरेका काम कार्बाहीको सुचना आम नागरिकलाई दिनु कार्यलयको कर्तब्य भए पनि अहिले धेरै जस्तो कार्यलयका अनलाइन बन्द भएका छन् त कतिका अनलाइन बर्षौ सम्म पनि अपडेट भएका छैनन् ।

दैलेखमा ११ वटा पालिकाका अनलाई संगै जिल्लामा रहेका सरकारी कार्यालय मध्य करीब ७० प्रतिशत अनलाइहरु समयमै अपडेट हुदैनन् । अपडेट भए भने एक साता भन्दा पछि मात्र हुन्छन्, प्रत्यक कार्यलयमा एक जना सुचना अधिकारी रहने ब्यवस्था छ । सुचना अधिकारीलाइ नै कार्यलयका गतिविधि थाहा हुदैन । सुचना अधिकारीलाई फोन गर्दा कार्यालय प्रमुखलाई फोन गर्ने अनुरोध गर्छन् ।

मंगलबार कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखका सुचना अधिकारी प्रकाश खड्कालाई फोन गर्दा फोन रुकुम गयो । फोन रुकुम पुग्नको कारण थियो उनि दैलेखबाट सरुवा भएको ५ महिना भई सकेछ । तर कोष तथा लेखा नियन्त्रण कार्यलय दैलेखमा अहिले सम्म सुचना अधिकारी खड्का नै छन् । उनि सरुवा भएपछि सुचना अधिकारी लेखापाल लक्ष्मि प्रसाद उपाध्यालाई दिएको भएपनि साउन सम्म कार्यलयको अनलाइन अपडेट भएको छैन ।

जिल्लामा बरुजु तथा बजेट फ्रिजको बारेमा सुचना लिनको लागि कार्यलयको अनलाइनमा हर्ने नागरिकले कार्यलयको अनलाइन नाम मात्रको भएको गुनासो गरेका छन् ।

अनलाइनमा ‘नतिजामुखी प्रशासन, समृद्धि र सुसासन’ भन्ने नारा राखिएको छ । तर यो नारा केवल नारामै सिमत छ । एउटा जिम्मेवार कार्यलयको हालत यस्तो छ । अनलाइनमा सरकारी लोगो सम्मेत पुरानै देखिन्छ । नयाँ लोगो आएपछि सबै सरकारी कार्यलयका साइटमा नयाँ राख्नुपर्ने निर्देशन सरकारले गरे पनि यस कार्यलयमा भने पुरानै लोगा यथावत छ । अनलाइ खोल्दा एक ठाउँमा अन्तीम अपडेट भएको मिति मे २ २०२० १४:५९ देखिन्छ यो मितिलाई आधार मान्य हो भने यो अनलाइन त्यो मितिदेखि पछि अपडेट नै नभएको अनुमान गर्न सकिन्छ ।

अनलाइनको बारेमा बुझ्दा कोष तथा लेखा नियन्त्रण कार्यलय दैलेखका कार्यलय प्रमुख कोष नियन्त्रक हर्क बहादुर शाहीले अनलाइनबारेमा राम्रो ज्ञान भएका प्राबिधिक नभएकाले अनलाइन अपडेट गर्ने नसकिएको बताए । उनले भने हामि संग अनलाइ चलाउनलाई जनशक्ति छैन् केन्द्रमा अनलाइको कुरा गर्दा हुन्छ भन्छन सुनुवाई गर्दैनन् । अनलाइको लागि भनेर कार्यलयमा दरबन्दि पनि छैन । आवश्यक ज्ञान सिप भएका र जनशक्ति नहुदाँ अनलाइन अपडेट गर्न सकिरहेका छैनौँ ।

यस्तै मालपोत कार्यलय दैलेखका अनलाइन बन्द भएका छन् मालपोत कार्यालय दुल्लुको अनलाइन ६ महिना देखि बन्द छ । मालपोत कार्यालय दैलेखको अनलाइ खुल्दैन् । यसरी जिम्मेबार कार्यलयका अनलाइन सम्मेत नखुल्नुले अनलाई सम्बन्धी सम्बन्धीत निकायको ध्यान छैन भन्ने प्रस्ट हुन्छ ।