७ बैशाख २०८१, शुक्रबार

संघीयता खारेजी र धर्म निरपेक्षताबारे रवीन्द्रको अभिव्यक्तिलाई कमल थापाको समर्थन

ezgif.com gif maker 2

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे दिएको अभिव्यक्तिलाई राप्रपाका अध्यक्ष कमल थापाले समर्थन गरेका छन् ।

सोमबार राति ट्वीट गर्दै उनले संघीयताको खारेजी, धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा उठिरहेको आवाज सकारात्मक रहेको जनाएका हुन् ।

उनले ट्वीटरमा भनेका छन्, “संघीयताको खारेजी, धर्मनिरपेक्षतावारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठिरहेको आवाज सकारात्मक छ ।”

विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै जानु र ती विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता भएको उनको तर्क छ ।