८ बैशाख २०८१, शनिबार

नाफाका लागि नभई सेवाका लागि अस्पताल खोल्ने घोषणा गरेको राज्यमन्त्री श्रेष्ठको दाबी

umesh shrestha minister health state

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले नाफा कमाउन नभई सेवा गर्ने उद्देश्यले अस्पताल खोल्ने घोषणा गरेको दाबी गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य व्यवसायमा समेत लगानी गरेका श्रेष्ठलाई स्वार्थ बाझिने मन्त्रालय दिएको भन्दै आलोचना भइरहेको छ ।

आलोचकलाई जवाफ दिँदै राज्यमन्त्री श्रेष्ठले आफूले व्यवसायका लागि नभई सेवाका लागि अस्पताल खोल्ने तयारी गरेको दाबी गर्नुभयो ।

सरकारले सबै नागरिकलाई स्वास्थ्य उपचार गर्न सक्ने स्थिति नभएको भन्दै राज्यमन्त्री श्रेष्ठले आफूले अस्पताल खोलेर सहयोग गर्न खोजेको बताउनुभयो ।