१२ बैशाख २०८१, बुधबार

टयुनिसियाका राष्ट्रपतिद्वारा संसद बिघटनपछि संकट थपियाे , विराेध प्रदर्शन तीब्र

60fe955aa25da Tunisia Protest

टयुनिसियाका राष्ट्रपतिले प्रधानमन्त्री हिचेम मेचिचीलाई बर्खास्त गर्नुभएको छ । राष्ट्रपति कैस साइदले आइतबार प्रधानमन्त्री मेचिचीलाई बर्खास्त गर्दै कार्यकारी अधिकार आफू मातहात राखेर नयाँ प्रधानमन्त्रीको सहयोगमा शासन सत्ता सञ्चालन गर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार टयुनिसियाका शहरहरुमा कोभिड–१९ को नियन्त्रणमा लागि गरिएको प्रयास अपर्याप्त भएको र आर्थिक गतिबिधि कमजोर भएको भन्दै बिरोध प्रदर्शन भएपछि राष्ट्रपतिले यस्तो कदम चाल्नुभएको हो । सन् २०१४ मा टयुनिसियामा संबिधानले राष्ट्रपति, प्रधानमन्त्री र सदनमा शक्ति सन्तुलन गरेको थियो ।

सरकारी सञ्चारमाध्यमबाट देशबासीलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति सईदले जनताको अधिकार कपट, धोका र लुटपाटबाट ठगिएको बताउनुभयो । “यदी कसैले हतियार उठाउन खोजे वा एक बुलेट प्रहार गरे सशस्त्र बलले बुलेटबाटै जवाब फर्काउने चेताबनी दिन चाहन्छु ।”–राष्ट्रपतिले आफ्नो सम्बोधनको क्रममा बताउनुभएको छ ।

उहाँले आफ्नो कदम संबिधान बमोजिम नै भएको दाबी गर्नुभएको छ । राष्ट्रपतिले सम्बोधन लगत्तै आपातकालीन बैठक समेत गर्नुभएको थियो । संसदको सबैभन्दा ठूलो दल एन्नाहदा पार्टीमाथि जनता आक्रोशित भई शहरमा प्रदर्शन गरेका छन् ।

टयुनिसिया संसदका सभामुख राचेड गन्नौचीले राष्ट्रपतिमाथि क्रान्ति र संबिाधन बिपरित बलपूर्बक शासन गर्न लागेको आरोप लगाउनुभएको छ ।

राष्ट्रपति सईद र प्रधानमन्त्री मेचिचीबीच गएको एक वर्ष यता राजनीतिक विवाद हुँदै आएको थियो । कोभिड १९ को नियन्त्रण र आर्थिक संकट समाधान गर्ने विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीचको विवाद हालसम्म आएको अलजजिराले उल्लेख गरेको छ ।

सन् २०१९ को चुनाबले सईद र सांसदलाई निर्वाचित गरेको थियो । मेचिचीले भने अल्पकालीन सरकारलाई बिस्थापित गर्नुभएको थियो । टयुनिसियामा रहनुभएका एक जना पत्रकार रबेब अलोइले अलजजिरासँगको कुराकानीमा राष्ट्रपतिको कदम अचानक नआएको बताउनुभएको छ । उहाँका अनुसार राष्ट्रपतिले यसअघि नै प्रधानमन्त्रीलाई बर्खास्त गर्ने र सदन बिघटन गर्ने धम्दी दिदै आउनुभएको थियो ।

उहाँले गत् सेप्टेम्बरदेखि नै टयुनिसियाली जनता राजनीतिक संकटको सामना गरिरहेको खुलाउनुभयो । उहाँका अनुसार राष्ट्रपतिको कदमलाई आइतबार सडकमा जुलुस निकालेका अधिकांश युवाले स्वागत गरेको दाबी गर्नुभएको छ ।

जुलुसमा सामाजिक र आर्थिक पुनरुत्थानका मुद्दा समेत बलियो रुपमा उठाइएको छ । करिब एक करोड २० लाख जनसंख्या रहेको टयुनिसियामा कोभिड १९ बाट हालसम्म १८ हजारभन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन् ।

जुलाई २५ मा स्वतन्त्र भएको ६४ औं वर्षगाँठको अबसर पारेर टयुनिसियामा आइतबार भारी विरोध प्रदर्शन गरिएको थियो ।

    सम्बन्धित समाचार...