७ बैशाख २०८१, शुक्रबार

रेशम चौधरी तटस्थ, कसैलाई पनि दिएनन् भोट

chaudhary resham election

जसपा आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि आयोगले दुवै समूहलाई ‘हेड काउन्ट’ का लागि आयोगमा उपस्थित हुन भनेपछि रेशम चौधरी डिल्ली बजार कारागारबाट निर्वाचन आयोग पुगेका हुन् । उनलाई कडा सुरक्षाकाबीच आयोगको कार्यालय लगिएको हो।

निर्वाचन आयोग पुगेका रेशमल चौधरीले पत्रकारहरुसंग कुरा गर्दै “कारागारबाट किन यहाँ आउनुपर्‍यो नेताहरुलाई सोध्छु” भने । चौधरीलाई पत्रकारहरुले कसको पक्षमा मतदान गर्नु हुन्छ भन्ने प्रश्नमा उनले “पहिले महन्थ ठाकुर र त्यसपछी यादवालाऐ भेट्ने” बताए ।

यादव र ठाकुरसंगको छलफलपछी रेशम चौधरीले आफु तटस्थ बस्ने निर्णय लिएका हुन ।

यो सँगै जसपा विवादमा उपेन्द्र समूहसँग ३४ र महन्थ समूहमा १६ मत परेको छ।