१५ चैत्र २०८०, बिहीबार

कांग्रेसले स्वास्थ्यमन्त्रीमा खाइलाग्दो मान्छे छानेरै छोड्यो !

dipak raj giri

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेपछि सामाजिक संजालमा विभिन्न नकारात्मक प्रतिक्रियाहरु आएका छन ।

आइतबार देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएपछि हाँस्य कलाकार दीपकराज गिरीले व्यंग्य गर्दै कांग्रेसले सहि ठाउमा सहि मान्छे लान्छ भन्थे स्वास्थ्य मन्त्री मोटोघाटो बनाएछ भन्दै व्यंग्य गरेका छन ।

सामाजिक संजालमा टिप्पणी गर्दै गिरीले कम्यूनिस्ट सरकारविरुद्ध लेखेर कांग्रेस भएकोमा अब कंग्रेसविरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो आएको टिप्पणी पनि गरेका छन ।

उनले लेखेका छन, ‘कम्यूनिस्ट सरकारविरुद्ध लेखेर कांग्रेस भइयो अब कांग्रेसविरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो आयो ! कांग्रेसले सहि ठॉउमा सहि मान्छे लैजान्छ भन्ने सुन्या थिएँ, हो रहेछ, स्वास्थ्यमन्त्री भनेर मोटो घाटो खाइलाग्दो मान्छे छानेरै छोड्यो ।’

Deepak fb 768x610 1