४ बैशाख २०८१, मंगलवार

खोप लगाउनेहरुका लागि यस्तो सुखद् समाचार

india corona vaccine
फाइल फोटो

संसारभरमा खोप कोरोना संक्रमण कम गर्नका लागि ठूलो हतियार मानिएको छ । खोप उत्पादक राष्ट्र इजरायलबाट यस्तै सुखद् समाचार प्राप्त भएको छ ।

यहाँको स्वास्थ्य मन्त्रालयको रिसर्चमा खोप लगाएका कोरोना संक्रमित मध्ये ८० प्रतिशतले अन्य व्यक्तिमा भाइरस सार्न नसक्ने बताइएको छ । इजरायली सरकारले यो रिसर्च रेस्टुरेन्ट, जीम, इभेन्ट हल र सांगीतिक कार्यक्रममा भेला भएका व्यक्तिहरुसँग नमूना संकलन गरेको थियो ।

टाइम्स् अफ इजराइलको रिपोर्टका अनुसार रिसर्चले खोप लगाएका १० प्रतिशत मानिस एक व्यक्तिसम्मलाई संक्रमण फैलाउन सक्ने बताइएको छ । इजरायलमा यात्राका लागि हरियो पास अनिवार्य गरिएको छ । ठूला–ठूला समारोहहरुमा मानिसहरुको भीड देखेर यस्तो निर्णय लिइएको हो ।

कोरोना खोपका दुबै मात्रा लगाएकाहरुलाई यस्तो व्यवस्था गरिएको हो । इजरायलमा कुनै पनि ठूलो कार्यक्रममा सहभागी हुनका लागि हरियो पास अथवा ७२ घण्टा अघि कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । अब चाँडै नै हरियो पासलाई रंगशाला, पर्यटकीय स्थल र मन्दिरहरुमा पनि लागू गर्ने योजनामा रहेको बताइएको छ । एजेन्सी