१९ असार २०८२, बिहीबार

पार्टी एकढिक्का बनाउन नेपाल समूहले गरेको गल्ती माफः सचिव ज्ञवाली

pradip gyawali
फाइल फोटो

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले पार्टीलाई एक ढिक्का बनाउनका लागि नेपाल–खनाल समूहले अहिलेसम्म गरेका सबै गल्ती माफ गरिएको बताउनुभएको छ।

गुल्मीको तम्घासमा भएको कार्यक्रममा ज्ञवालीले नेपाल–खनाल समूहले कुनै स्थानमा भेट भएर पानी खाने ठाउँ नराखेको भए पनि पार्टीलाई एक ढिक्का बनाएर लैजान माफ दिएको बताउनुभयो ।

सचिव ज्ञवालीले एमाले पार्टी फुटाउन सरकारले अध्यादेश ल्याउन सक्ने आशंका व्यक्त गर्नुभयो ।

ज्ञवालीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्च अदालतको परमादेशले एमालेलाई गम्भीर बनाएको बताउनुभयो ।