८ बैशाख २०८१, शनिबार

दश दिनदेखि बेपत्ता सम्झनाको शव जंगलमा फेला

dhading

धादिङमा १० दिनदेखि बेपत्ता युवती मृतअवस्थामा भेटिएकी छन् । जिल्लाको गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव भेटिएको हो ।

साउन १ गतेदेखि सम्पर्कविहीन सम्झना रोक्काको शव उनकै घरमाथि जंगलमा आइतबार बिहान भेटिएको प्रहरीले जनाएको हो ।

गजुरीका डीएसपी युवराज खड्काका अनुसार शव सडेको अवस्थामा बरामद भएको छ । ‘जाँचका लागि शव उठाइसकेका छौं’ खड्काले भने, ‘जिल्लामै पोष्टमार्टम गर्ने कि अन्यत्र लैजाने टुंगो लागेको छैन ।’

मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने उनको भनाई छ । घटनास्थलबाट उनको घर ३ सय मिटरको दरीमा रहेको छ ।