१४ बैशाख २०८१, शुक्रबार

प्रशिक्षक अब्दुल्लाहको राजिनामा आएको छैन : एन्फा प्रवक्ता

60fd32dcb26b8 Abdullah AlmutairiIn Tanab

अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपालको राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षकको राजिनामा नआएको प्रष्ट्याएको छ । एन्फाका प्रवक्ता किरण राईले प्रमुख प्रशिक्षकसँग भेटघाट भएपनि उहाँले राजिनामा नदिएको प्रष्ट्याउनुभएको छ ।

नेपालको राष्ट्रिय पुरुष फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले आइतबार मध्यान्ह आफू प्रशिक्षक पदबाट राजिनामा दिन लागेको बताउनुभएको थियो । सामाजिक सञ्जाल फेसबुकमा उहाँले नेपाली फुटबल प्रशंसकलाई सम्बोधन गर्दै राजिनामा दिन आफू अखिल नेपाल फुटबल संघ जान लागेको बताउनुभएको थियो ।

एन्फाका प्रवक्ता राईले भने प्रशिक्षक अलमुतैरी एन्फा आएर “आफू तनाबमा रहेको” बताउनुभएको। उहाँले तनाबमा रहेको बताएपछि एन्फाले आराम गर्न सुझाएको प्रवक्ता राईले जानकारी दिनुभयो । “ राजिनामा लिख्ति वा मौखिक आएन, फेसबुकमा उहाँले त्यसो भन्नुभएको हो ।”– प्रवक्ता राईले बताउनुभयो ।

प्रशिक्षक अलमुतैरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्गको कारण आफू राजिनामा गर्न लागेको आरोप लगाउनुभएको थियो । प्रवक्ता राईले अलमुतैरीले लगाएको आरोप सम्बन्धमा छलफल हुने जानकारी दिनुभयो ।